गुनासो टिपाउने अन्तिम मिति वैशाख ३ गते सम्म, इमेल र भाइवरबाट पनि पठाउन सकिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गुनासो टिपाउने अन्तिम मिति वैशाख ३ गते सम्म, इमेल र भाइवरबाट पनि पठाउन सकिने


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७५, बिहिबार


गुनासो

काठमाडौँ । स्वास्थ्य सेवा तथा मेकानिकल इन्जिनियरहरूका लागि गुनासो दर्ता गर्न सकिने अन्तिम समय वैशाख ३ गतेसम्मलाई कायम गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिले समायोजनमा चित्त नबुझेको विषयमा गुनासो राख्न वैशाख ३ गतेसम्म समय रहेको जनाएको हो ।

चित्त नबुझेका विषयमा इमेल तथा भाईबरमा पनि गुनासो दर्ता गर्न सकिने छ ।

मन्त्रालयमा आफै उपस्थित भई बुझाउन नसक्ने अवस्थामा इमेल तथा भाइवरमा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूप नारायण भट्टराईले प्रशासनलाई बताए ।

इमेलमार्फत गुनासो पठाउँदा [email protected] मा पठाउन सकिने छ भने भाईबरका लागि संयोजक भट्टराईको मोबाइल ९८५१०९५४५० रहेको छ ।

यस अघि नै समायोजन सूची सार्वजनिक भई समायोजनमा चित्त नबुझेका कर्मचारीहरूको हकमा यस अघि नै गुनासो टिपाउने समय सकिई सकेको छ ।

सम्बन्धित समाचार : कर्मचारी समायोजन गुनासो दर्ता गराउने र निवेदन फिर्ता लिन दुई दिन मात्रै बाँकी

स्वास्थ्य तथा मेकानिकल इन्जिनियरको समायोजन सूची ढिला प्रकाशन भएपछि उनीहरूका लागि गुनासो टिपाउन मन्त्रालयले गुनासो दर्ता गराउने समय थप गरेको हो ।

सम्बन्धित समाचार : समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो दर्ता गराउन पाँच दिन थप

यसरी प्राप्त गुनासाउपर छानबिन गरी जतिसक्दो छिटो गुनासो सम्बोधन गर्ने प्रयास गरिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस