विप्लवका दुई नेता कैलालीबाट पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लवका दुई नेता कैलालीबाट पक्राउ


२८ चैत्र २०७५, बिहिबार


विप्लव

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित दुई नेता कैलालीबाट पक्राउ परेका छन् ।

नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस