सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी


२८ चैत्र २०७५, बिहिबार


कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालको केन्द्रीय कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको कार्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

नेविसंघले उपकुलपति नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरेको जनाइएको छ ।

तीन महिनादेखि एउटै विश्वविद्यालयमा दुई उपकुलपति नियुक्ति गरेकोले तालाबन्दी गरेको नेविसंघले जनाएको छ ।

उपकुलपतिमा भुषण श्रेष्ठको पदावधि छँदाछँदै प्राध्यापक डा.पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आनदोलनमा उत्रिएको नेविसंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस