सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु


२७ चैत्र २०७५, बुधबार


राँझा । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी ले बताएको छ ।

शौचालयको सेफ्टीट्याङ्की फोडेर गए राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस