पूर्वसांसद दिवाकर गोल्छाको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वसांसद दिवाकर गोल्छाको निधन


२७ चैत्र २०७५, बुधबार


काठमाडौं । पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । ६७ वर्षका उनको भारतको चेन्नइमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद भएका थिए ।

अर्गनाइजेशनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छालाई उनले नै प्रेरित गरेका थिए ।

उनले करिब २ दर्जन उद्योग स्थापना गरेका छन ।

हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउछ ।

गोल्छाको पार्थिव शरीर बिहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस