अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ३१ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ३१ घाइते


२७ चैत्र २०७५, बुधबार


डडेल्धुरा । अछाम जाँदै गरेको बस डडेल्धुरामादुर्घटना हुँदा ३१ जना घाइतेभएका छन् । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका हुन् ।

ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा आज बिहान करिब २ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भध्ये एक जनाको अवस्था गम्भीर भएकोले धनगढी रिफर गरिएको छ ।

५० भन्दा बढी यात्रु रहेको बसमा अधिकांश यात्रु अछामकै रहेको बताइएको छ । घाइतेहरु कसैको पनि परिचय खुलेको छैन ।

बस ब्रेक फेल भएर मोडमै पल्टेको जनाइएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस