डोटीमा अवैध मदिरा नष्ट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीमा अवैध मदिरा नष्ट


२७ चैत्र २०७५, बुधबार


डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले ठूलो परिणाममा बरामद गरेको अवैध मदिरा नष्ट गरेको छ ।

मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय डोटीले महाकाली सौफी ६० पेटी, जेनियल एक पेटी, डि एक्स मदिरा एक सय २० क्वाटर र बियर सात बोतल नष्ट र घरेलु मदिरा ५७ लिटर नष्ट गरेको हो ।

ईजाजत पत्र नलिई बिक्री गरिरहेका पसलहरुबाट उक्त मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए ।

“मदिराकै कारण गाउँमा कुटपिट र झै झगडा भईरहेको छ” धामीले भने ‘सार्वजनिक अपराधहरु पनि बढी जसो रक्सीकै कारण हुने गरेकाले अवैध मदिरा नियन्त्रणको अभियानलाई तिव्रता दिएका छौं ।’

प्रहरीले मदिरा विरुद्ध चेतनामुलक कार्यक्रम समेत जिल्लाका विभिन्न स्थानरुमा सञ्चालन गरिरहेको धामी बताउँछन् ।

धामीका अनुसार जिल्ला सदरमुकामका ६ स्थानबाट उत्पादन गरिएको घरेलु मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने भाँडाहरु र अन्य सामग्रीहरु समेत वरामद् गरिएको छ ।

मदिराका कारण सवारी दुर्घटनामा वृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने र जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरेको प्रहरीको ठहर छ ।

पछील्लो समयमा प्रहरीले अवैध मदिरा, जुवातास, अवैध हातहतियार खोज तलास बरामदमा सक्रियता देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस