अपहरणको आरोपमा चार जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अपहरणको आरोपमा चार जना पक्राउ


२६ चैत्र २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

उनीहरुलाई चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप लागेको छ ।

तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रह्मायणीबाट नियन्त्रणमा लिई तुम्बापुको उद्धार गरिएको शर्माले जानकारी दिए।

अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस