रोल्पामा झाडापखालाका बिरामीको चाप बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पामा झाडापखालाका बिरामीको चाप बढ्यो


२६ चैत्र २०७५, मंगलबार


रोल्पा । जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा.धनमाया घर्तीले बताए ।

बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा.घर्तीले बताए ।

सरसफाइमा ध्यान नदिँदा झाडापखालाको प्रकोप बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस