कोदालो प्रहार गरी दाइकी सासुको हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोदालो प्रहार गरी दाइकी सासुको हत्या


२६ चैत्र २०७५, मंगलबार


कञ्चनपुर । लालझाडी गाउँपालिकामा कोदालो प्रहार गरी एक युवकले आफ्नो दाइकी सासुको हत्या गरेका छन् । लालझाडी गाउँपालिका–१ का २५ वषीर्य निरज रानाले ५०वर्षीया बासमति रानाको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आपसी विवादमा आइ दाइकी सासूको हत्या गरेको हो ।

हत्या गर्ने निरज रानालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस