बिराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बिराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी


२६ चैत्र २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध विराटनगरमा नाराबाजी गरिएको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ ।

नागरिकता दिन बन्द गरेपछि युवाहरुले विभिन्न नाराबाजी गरेका हुन् ।

गृह मन्त्रालयले स्थानीय प्रशासनलाई जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । स्थानीइ प्रशासनले परिपत्रको आधारमा नागरिकता दिनथालेको थियो ।

सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस