इस्लाम धर्मको परम्परा निभाउने क्रममा बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इस्लाम धर्मको परम्परा निभाउने क्रममा बालकको मृत्यु


२६ चैत्र २०७५, मंगलबार


बालक

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको’ विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस