बारा पुगे प्रधानसेनापति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारा पुगे प्रधानसेनापति


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७५, सोमबार


प्रधानसेनापति

वीरगन्ज । प्रधानसेनापति पूर्णचन्द्र थापा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हावाहुरी प्रभावितको घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिने निर्णय गरेपछि प्रधानसेनापति स्थलगत निरीक्षणका लागि सोमबार बारा पुगेका हुन् ।

बाराको भलुही भरवलिया, पुरैनिया र चैनपुरको स्थलगत निरीक्षणपछि प्रधानसेनापति थापाले सरकारको कसरी अगाडि बढ्ने भन्ने निर्णय पछि काम सुरु गर्ने बताएका छन् र

उनले पुनः निर्माणको कार्य सकेसम्म एकै पटक गर्ने तयारी गरिरहेको बताउँदै थापाले जति सक्दो चाँडो घर बनाउनका लागि आवश्यक न्यूनतम समयमा घर बनाउने बताए ।

भ्रमणको क्रममा बारास्थित श्री चन्दननाथ गण र पर्सास्थित श्री चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेका छन् ।

सोही अवसरमा स्थानीय जनता र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस