डाक्टरलाई मन्त्रालयको चेतावनी : आन्दोलन नरोके कारबाही « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डाक्टरलाई मन्त्रालयको चेतावनी : आन्दोलन नरोके कारबाही


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७५, सोमबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत सरकारी डाक्टरलाई आन्दोलन नरोके कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै तत्कालै काममा फर्कन अपिल गर्दै आन्दोलन नरोके कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो ।

मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रालयको अपिललाई बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ र अन्य प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ।

‘स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी चिकित्सकहरूबाट भएको आन्दोलन आजकै मितिदेखि फिर्ता लिन सरकारी चिकित्सक सङ्घलाई मन्त्रालय अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम नेपालीले तिरेको करबाट ठुलो धनराशि खर्च गरी उत्पादन गरिएका चिकित्सकहरूले नेपाली नागरिकले संविधान तः पाउनु पर्ने स्वास्थ्य सेवालाई सुचारु गर्नु परम कर्तव्य भएको स्मरण गराउँदछौँ।’

आफूहरूलाई सङ्घ अन्तर्गत नै समायोजन गरी खटाउनु पर्ने सरकारी चिकित्सकको मागबारे मन्त्रालयले चिकित्सकहरूलाई सङ्घ अन्तर्गत नै समायोजन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । साथै स्वास्थ्य सेवालाई ७ वटै प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा पु¥पयाउन अत्यावश्यक रहेकोले त्यसका लागि चिकित्सकहरूले पनि समायोजन हुन जरुरी रहेको स्मरण गराएको छ ।

सरकारी डाक्टरहरूले शुक्रवारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

प्रतिक्रिया दिनुहोस