कमल थापासहित ३ राप्रपा नेता प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कमल थापासहित ३ राप्रपा नेता प्रहरी नियन्त्रणमा


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७५, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहनुभएको पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस