मलेसियामा बस दुर्घटनाः दुई नेपालीसहित आठको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियामा बस दुर्घटनाः दुई नेपालीसहित आठको मृत्यु


२५ चैत्र २०७५, सोमबार


मलेसिया । मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको उपचार भइरहेको छ । घाइते मध्ये तीन जना नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस