रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२५ चैत्र २०७५, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

आइतबार साँझ मुग्लिनतिर जाँदै गरेको ना २० प ७५१८ नम्वरको मोटरसाइकल ना ६ ख ५७२९ नम्वरको ट्रकमा ठोक्किँदा पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा देवघाट ४ बस्ने ४० वर्षीय महेश्वर कँडेल घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिग्रिएको ट्रक मर्मतका लागि भन्दै सडक छेउमा रोकिराखेको थियो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस