सात दिनभित्र नाम उपलब्ध गराउन पत्राचार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात दिनभित्र नाम उपलब्ध गराउन पत्राचार


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम सात दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।

गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय आजको बैठकले गरेको समितिका सचिव प्रेम केसीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस