तीन दिन देशभर बदली, हावाहुरी र वर्षाको सम्भावना : मौसम पूर्वानुमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन दिन देशभर बदली, हावाहुरी र वर्षाको सम्भावना : मौसम पूर्वानुमान


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । तीन दिनसम्म देशभर सामान्य बदली हुने मौसम पूर्वानुमान छ । आइतबार देशको पूर्वी, मध्य पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा तराईका केही स्थानमा हुरिबतास चल्ने महाशाखाको अनुमान छ।

सोमबार पनि देशभर नै आंशिकदेखि सामान्य बदली हुने छ। देशका पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरणमा उल्लेख छ ।

यस्तै, मंगलबार पनि देशका पूर्वी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली हुनेछ। पूर्वी तराईका केही स्थानमा भने हुरि चल्ने सम्भावना रहेको छ।

गएको २४ घण्टामा सबैभन्दा बढी ताप्लेजुङमा ३१ दशमलब ८ मिलिलिटर तथा धनकुटामा २९ दशमलब ३ मिलिलिटर वर्षा भएको छ महाशाखाले जनाएको छ ।

हेर्नुस् माहाशाखाको मौसम पूर्वानुमान :

 

Tags :
प्रतिक्रिया दिनुहोस