ओइलाएका रहर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ओइलाएका रहर


२३ चैत्र २०७५, शनिबार


कविता

ओइलाएका रहर मेरा मुस्कुराउदै फूल्न थाले
वसन्तको आगमनमा कोइली गीत गाउन थालिन

उजाड मेरो जीन्दगीमा बहार बनी उनी छाईन
एक्लो मेरो संसारमा साथी बनि उनी आईन

उनको मनको मझेरीमा बाँस माग्न पुगेपछी
मैले मलाई भुलिसके उनको साथ रोजेपछी ।।

भाग्यले नै पाईन्छ भन्थिए मन मिल्ने साथ क्यारे
उनको साथ मिलेपछि भाग्यशाली भएछु क्यारे

ओइलाएका रहर मेरा मुस्कुराउदै फूल्न थाले
वसन्तको आगमनमा कोइली गीत गाउन थालिन ।।

Tags :
प्रतिक्रिया दिनुहोस