युएईमा अस्पताल जाँदै गरेको ट्याक्सी दुर्घटना, दुई नेपालीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युएईमा अस्पताल जाँदै गरेको ट्याक्सी दुर्घटना, दुई नेपालीको मृत्यु


२३ चैत्र २०७५, शनिबार


यूएई । युएईमा अस्पताल जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।

अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहेको छ । घाइतेका ेपरिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस