मेघ गर्जनसहित हावाहुरी र वर्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेघ गर्जनसहित हावाहुरी र वर्षा


२३ चैत्र २०७५, शनिबार


काठमाडौं । काठमाडौंमा आज विहानैदेखि मेग गर्जनसहित हावाहुरीसहित पानी परिरहेको छ ।

पश्चिमी वायूको प्रभाव र न्यूनचापिय रेखा पश्चिमतिर सक्रिय रहेकाले मौसममा बदली आएको हो । मुलुकका अधिकांश भू–भागमा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकको केही स्थानहरुमा चट्याङ्, मेघ गर्जन सहित हावा हुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना छ । हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस