डोल्पामा हिउँपहिरोमा परी तीन बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोल्पामा हिउँपहिरोमा परी तीन बेपत्ता


प्रशासन विशेष ब्युरो

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन जना बेपता भएका छन् ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् ।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुशार भारी मात्रामा हिउँ परेका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस