बाराका पीडितलाई झापाका स्थानीय तहबाट २३ लाख राहत सहयोग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बाराका पीडितलाई झापाका स्थानीय तहबाट २३ लाख राहत सहयोग


२१ चैत्र २०७५, बिहिबार


भद्रपुर । बारा र पर्साका हावाहुरी पीडितलाई झापाका स्थानीय तहबाट २३ लाख राहत सहयोग प्रदान हुने भएको छ । बुधबार झापामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सो राहत प्रदान गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका नगरपालिकाबाट दुई–दुई लाख र गाउँपालिकाबाट एक–एक लाख संकलन गरी राहत पठाउने निर्णय गरेको हो ।

झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका छन् । स्थानीय तहबाट सङ्कलित २३ लाख र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने छ।

बैठकमा स्थानीय तहका प्रमुखहरुले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस