ओखलढुंगामा आगलागी हुँदा दुई घर जलेर नष्ट, पन्ध्र लाखको क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओखलढुंगामा आगलागी हुँदा दुई घर जलेर नष्ट, पन्ध्र लाखको क्षति


२१ चैत्र २०७५, बिहिबार


आगलागी

ओखलढुंगा । ओखलढुंगामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

सिद्धिचरण नगरपालिका–१ तलुवामा मंगलबार भएको आगलागीमा शिवमाया पुलामी र भीमबहादुर मगरको घर जलेर नष्ट भएका हुन् ।

शिवमायाको पालीबाट सुरु भएको आगोले दुई घर तथा १५ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको स्थानीय ले बताए।

आगलागी पीडित आफन्तकोमा शरण लिएर बसेका छन् भने नगरपालिका रेडक्रसलगायतका संस्थाले राहत उपलब्ध गराएको छन्।

यसअघि सिद्धिचरण नगरपालिका–१ मा भएको आगलागीमा ७ घर जलेका थिए।

त्यस्तै, मोलुङ गाउँपालिका–२ महभीरमा लागेको आगो भने मंगलबार नियन्त्रणमा आएको छ।

उपभोक्ता, स्थानीय, प्रहरी तथा वनका कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।

हावाहुरीका कारण आगलागीको जोखिम बढेको जिल्ला वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस