बारको मतगणना : लोकतान्त्रिक समूहका पोखरेल अगाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बारको मतगणना : लोकतान्त्रिक समूहका पोखरेल अगाडि


२० चैत्र २०७५, बुधबार


काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ ।

उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले १ हजार ७ सय ८६ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५ सय ६१ मतले पछ्याइरहेका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले १ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले १ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् ।

अहिले उपत्यकाको १ हजार २ सय ८९ मत गणना हुन थालेको उनले जानकारी गराए । यस्तै भोलि २ हजार ५ सय ७५ मतगणना हुनेछ ।

२५औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देश भरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि ३ वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट १/१ गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस