चलचित्र ‘अघोरी’ को टिजर सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘अघोरी’ को टिजर सार्वजनिक


२० चैत्र २०७५, बुधबार


काठमाडौं । चलचित्र ‘अघोरी’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार रिलिज गरिएको टिजरमा कलाकार प्रज्वल गिरीलाई केन्द्रमा राखिएको छ ।

टिजरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको छ । २०७६ असोज १७ गते चलचित्रको प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रमा प्रज्वल गिरीसँगै सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पन्डित, सुशिल पोखरेल लगायत कलाकारले अभिनय रहने छ । सारदा र मुनमले यो चलचित्रबाट नायिकामा डेव्यू गर्न लागेका हुन् ।

‘अघोरी’लाई भोमन कटुवालले निर्देशन गरेका छन् ।

हेर्नुस् टिजर:

 

प्रतिक्रिया दिनुहोस