सगरमाथाको उचाइ नापिने, नापी विभागले सक्यो सर्वेक्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सगरमाथाको उचाइ नापिने, नापी विभागले सक्यो सर्वेक्षण


२० चैत्र २०७५, बुधबार


ओखलढुंगा । सगरमाथाको उचाई नापिने भएको छ । सगरमाथाको उचाइ नाप्न नापी विभागले १ सय २९ नियन्त्रणविन्दु कायम गरी सर्वेक्षण सकेको हो ।

सगरमाथाको शिखरसँग जोडेर सर्वेक्षण गर्न विभिन्न १२ स्थानको उचाइ स्थापित गर्ने काम भइरहेको पनि विभागले जनाएको छ ।

सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकै रहेको छुयाङमु डाँडा र पीके डाँडासम्मको लेभलिङ गरेर सम्पर्क स्थापित गर्ने काम भइरहेको सगरमाथा नाप्ने योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए ।

आरोहणका लागि विभागका खिमलाल गौतम, रवीन कार्की, सुरजसिं भण्डारी र युवराज धिताल गरी चार जनाको टोली बनाइएको छ ।

यसअघि सन् १८५६ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले सर्भे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस