नेपालाई चाहिए भारत सरकार सहयोग गर्न तयार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालाई चाहिए भारत सरकार सहयोग गर्न तयार


२० चैत्र २०७५, बुधबार


काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालले चाहे हावाहुरी पीडितलाई राहत सहयोग उपलब्ध गराउन तयार भएको बताएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार जारी गरेको विज्ञप्तिमा बारा र पर्सा जिल्लामा आएको हुरीबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरिएको छ। ‘नेपालाई चाहिएको खण्डमा भारत सरकार राहत सहयोग गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ।

काठमाडौंस्थित भारतीय दूतावास र वीरगन्जस्थित महावाणिज्य दूतावास नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्कमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीमा २८ जनाको ज्यान गएको थियो भने करिब ६ सय घाइते भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस