मौसमविदको टोली बारा–पर्सा जाँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मौसमविदको टोली बारा–पर्सा जाँदै


२० चैत्र २०७५, बुधबार


काठमाडौं । मौसमविदको टोली बारा र पर्सा जाने भएको छ ।  विनाशकारी आँधीको अध्ययन गर्न मौसम विज्ञान विभागका वरिष्ठ मौसमविदसहितको टोली आज बारा र पर्सा जाने भएका हुन् ।

वरिष्ठ मौसमविद सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झाको टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने छन् । सो प्रतिवेदनको आधारमा सरकारले थप अर्को उच्चस्तरीय टोलीको तयारी गर्ने जनाइएको छ ।

गृहमन्त्रालयको तथ्याङक अनुसारआइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको थियो ।

बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको मौसमविदले बताएका छन् । यसअघि नेपालमा ३० नटभन्दा शक्तिशाली आँधी आएको रेकर्ड थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस