उच्च अदालतमा १७ न्यायाधीशको नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उच्च अदालतमा १७ न्यायाधीशको नाम सिफारिस


१९ चैत्र २०७५, मंगलबार


काठमाडौं । उच्च अदालतको रिक्त पदका लागि १७ न्यायाधीशको नाम सिफारिस गरिएको छ । आज बसेको न्याय परिषदको बैठकले रिक्त पदका लागि नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बैठक बसी न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानुन मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ।

साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन्। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्र लाभ कर्ण रहेका छन्।

कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन्।

यस्तै, बैशाखबाट अनिवार्य अवकाश पाउँदै गरेका उच्च अदालतका न्यायाधीश उमेशराज पौडेलको पदमा अधिवक्ता अञ्जु ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ।

परिषदले आजै सर्वोच्चका लागि पनि पाँच स्थायी न्यायाधीश सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस