हावाहुरी प्रभावितलाई राजपाले पाँच लाख सहयोग गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हावाहुरी प्रभावितलाई राजपाले पाँच लाख सहयोग गर्ने


१८ चैत्र २०७५, सोमबार


काठमाडौं । राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु ५ लाख सहयोग गर्ने भएको छ ।

राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु ५ लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।

साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ ।

राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश २ सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।

बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस