नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्कदैँ, बिहीबार मात्रै काठमाडौं आइपुग्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्कदैँ, बिहीबार मात्रै काठमाडौं आइपुग्ने


१३ चैत्र २०७५, बुधबार


काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किदै छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका हुन् ।

न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेका प्रचण्ड बिहिबार मात्रै काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

उनलाई न्युयोर्क विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीलगायतले विदाई गरे।

अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि गत चैत्र ४ मा अमेरिका गएका थिए। उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका गएकी थिइन्। सीता दाहाललाई पार्किन्सन भएपछि उनको उपचारका लागि यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उनलाई अमेरिका लगेर उपचार गराइएको हो।

अमेरिका पुगेका अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक भेट पनि गरे ।

उनले नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी, अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च, मेरिल्याण्ड राज्यका ईतिहास नेपालीमुलका विधान सभा सदस्य एचबि ह्यारी भण्डारीसँग भेटवार्ता समेत गरे।

Tags :
प्रतिक्रिया दिनुहोस