७८ लाख घुस लिएको अभियोगमा पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७८ लाख घुस लिएको अभियोगमा पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

१२ चैत्र २०७५, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मंगलबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अदालतमा बुझाइएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ।

उक्त अभियोगपत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी पनि गरिएको छ।

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गेनिङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ। घुस काण्डमा मुछिएका उनले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस