पोखराको एक रेस्टुरेन्टबाट ५८ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखराको एक रेस्टुरेन्टबाट ५८ जना पक्राउ


११ चैत्र २०७५, सोमबार


पक्राउ

पोखरा । पोखराको एक रेस्टुरेन्टबाट ५८ जना पक्राउ परेका छन् । लेकसाइडमा सञ्चालित रेस्टुरेन्टको ट्रान्सपार्टीमा हल्ला भएपछि प्रहरीले विदेशीसहित ५८ जनालाई पक्राउ गरेको हो ।

ठूलो आवाजमा गीत बजाएर हल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

प्रहरीले ठूलो परिणाममा लागूऔषध पति बरामद गरेको छ । नियन्त्रणमा लिइएका समूहलाई वैदाम प्रहरी पोष्मा राखेर अनुसन्धान भइरहेको प्रहरीले नाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस