३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल बस बिसौनीले नगरको सौन्दर्यता बढ्यो

अ+ अ-

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ ।

रु सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताए । ‘नगर बसले जहाँ मन लाग्यो त्यही रोकेर यात्रु झार्ने र चढाउने काम गर्दै आएका थिए, अब त्यसो हुँदैन’, श्रेष्ठले भने, ‘अब यात्रु बिसौनीमा बस पर्खिनेछन् र त्यहीबाट चढ्ने र झर्ने गर्दछन् ।’

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिपी चोक, धम्बोझी चोक, गणेशमानचोक लगायतका मुख्यमुख्य स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भइसकेको र अन्य बाँकी स्थानमा समेत निर्माण कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार, निजी क्षेत्रको एपेक्स नेपाल प्रालिले निर्माण शुरु गरेको बस बिसौनी तथा ट्राफिक बुथको काम २ हप्ताभित्रै सकिने योजना रहेको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसँग १० वर्षका लागि वार्षिक रु १५ लाख २६ हजार ३०० मा सम्झौता गरेको छ । निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहने र त्योवापत एपेक्सले बस बिसौनीमा विज्ञापन गर्न पाउनेछ ।

एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यले अत्याधुनिक बस बिसौनीमा विभिन्न प्रचार सामग्री सुन्दर किसिमले राखिने र यात्रुका लागि घामपानीमा ओत लाग्ने स्थानकोसमेत व्यवस्था गरिएको छ ।

उनका अनुसार, नगरलाई सुन्दर बनाउन र ऊर्जा बचतका लागि सोलारको व्यवस्था गरेर रातिमा बत्ती बल्ने अत्याधुनिक बस बिसौनी बन्दैछन्, यसले शहरलाई सुन्दर बनाउँछ । नेपालगञ्जको सौन्दर्यमा यसले शोभा बढाउनेछ ।

डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका स्थानीय तथा बटुवासमेत निकै खुशी छन् । रातिमा समेत सोलारमार्फत बत्ती बल्ने डिजिटल बस बिसौनी नेपालगञ्जमा पनि देख्दा वातावरण अधिकारकर्मी तेजविक्रम शाह दङ्ग छन् ।

‘हेर्दासमेत आकर्षक देखिने डिजिटल बस बिसौनीले नेपालगञ्जको सुन्दरता बढाएको छ’, शाहले भने, ‘यो सुन्दरताका साथै शहरका लागि वातावरणमैत्रीसमेत रहेको छ ।’ एपेक्स नेपाल प्रालिले नेपालगञ्जमा डिजिटल बस बिसौनीसँगै १० स्थानमा ट्राफिक कक्ष निर्माण कार्यसमेत शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस