स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित


६ चैत्र २०७५, बुधबार


लहान । स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दत्र्ता शुरु गरेपछि नाम दत्र्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ ।

प्रत्येक वडामा १/१ सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दत्र्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्तामार्फत दत्र्ता भएको बीमितको नामलाई यही महीनाबाट कम्प्युटरमा दत्र्ता गर्न शुरु गरिएको र अहिले नाम दत्र्ता हुने बीमित्तले आउँदो जेठ महीनाबाट बीमा सेवा पाउने साहले बताए।

पाँचजनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले रु २ हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । पाँचजना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा रु १० हजार थपिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस