गजलकार रविन्द्र आशिष ‘शैली’को ‘माया महल’ लोकापर्ण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजलकार रविन्द्र आशिष ‘शैली’को ‘माया महल’ लोकापर्ण


६ चैत्र २०७५, बुधबार


काठमाडौ । गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । गत बुधबार एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो ।

गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, गजलकार पीताम्बर प्रकटलगायतले गजलकार शैलीको गजलसंग्रह ‘माया महल’ संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।

गजल संग्रह मायाप्रेम, राजनीति तथा सामाजिक विषयमा आधारित भइ संग्रहित गरिएको छ । गजलकार शैलीको ६४ वटा गजलहरु यस माया महल संग्रहमा समावेश छन् ।

७२ पृष्ठ लामो यो संग्रह ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ ले प्रकाशित गरेको हो । जसको मुल्य १५० रहेको छ ।

गजलकार शैलीले पुस्तकबाट उठेको रकम पशुपति स्थित ‘बाल सारथी’ नामक संस्थालाई प्रदान गरिने बताएका छन् ।

यस अघि उनको वि.सं २०४२ सालमा संयुक्त कविता संग्रह ‘आजको आकाश भाग–१’ प्रकाशित भएको थियो । सोही संग्रहको भाग–२ वि.स. २०६३ मा सार्वजनिक भएको थियो । उनका अन्य थुप्रै गीति संग्रह तथा गजल संग्रहहरु सार्वजनिक भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस