समसामयिक सामान्य ज्ञान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समसामयिक सामान्य ज्ञान


६ चैत्र २०७५, बुधबार


खुला सरकार

१. डेमोक्रेसी सूचकाङ्क २०१८ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
– ९७ औं र

२. गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई कहिले पञ्चशील क्षेत्र घोषणा गरिएको हो ?
–२०७५ मङ्सिर ५

३. वि.सं. २०७५ असार मसान्तसम्ममा नेपाल सरकारको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?
– २३.७२ प्रतिशत

४. नेपालमा कुन अवधिलाई ‘उर्जा तथा जलस्रोत दशक’ घोषणा गरिएको छ ?
– वि.संं. २०७५ देखि २०८५ सम्म

५. नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग नामाकरण गरिएको छ ?
– सुर्खेत–हिल्सा सडक

६. सरकारले नेपालका कति जातिलाई अल्पसंख्यक जातिका रुपमा वर्गाीकरण गरेको छ ?
– ९८ (वि.सं. २०७४ बैशाख ८)

७. छाते ढुङ्गा नामक स्थान कहाँ रहेको छ ?
– तेह्रथुम

८. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषमा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?
– पल्पसा क्याफे

९. नेपाल र चीनबीच नियमित सूचना आदानप्रदान सम्बन्धी सम्झौता कहिले भएको थियो ?
– सन् २०१६ मार्च २१ ।

१०. नेपालमा विदेशी पर्यटक आकर्षित गर्ने उदेश्यले ‘अतिथि देवो भव’ अभियानको घोषणा कहिले गरिएको हो ?
–वि.सं २०७३ जेठ ४

११. नेपाल सरकार मन्त्री परिषद् बैठकद्वारा नीति अनुसन्धान प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?
– वि.सं. २०७५ असोज ५

१२. देशकै पहिलो खोप सुनिश्चित प्रदेश कुन हो ?
– गण्डकी प्रदेश (वि.सं. २७५ भाद्र १३)

१३. सरकारले कुन अवधिसम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?
– वि.सं. २०२५ सम्ममा

१४. नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेबालीको खानी’ उपनामले चिनिन्छ ?
– इलाम

१५. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कर्मचारी समायोजन अध्यादेश कहिले प्रमाणीकरण भयो ?
– २०७५ मङ्सिर २३

१६. नेपालको कुन ठाउँमा एभोकाडो सम्मेलनको आयोजना गरियो ?
– धनकुटा (२०७५ मङ्सिर ८ एसियकै पहिलो एभोकाडो सम्मेलन आयोजना गरिएको थियो)

१७. नेपालमा सर्बप्रथम स्मार्ट लाइटको प्रयोग कहाँ गरिँदै छ ?
– ललितपुर महानगरपालिका

१८. नेपालमा मल्टी करेन्सी कार्ड कहिले देखि प्रयोगमा आएको हो ?
– सन् २०१७ नोभेम्बर १५

१९. रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाकाका रुपमा कहिले घोषणा गरिएको हो ?
– वि.सं. २०७४ भाद्र १४

२०. ‘‘शिक्षाको जरा तीतो हुन्छ तर त्यसको फल मिठो हुन्छ’’ यो भनाई कसको हो ?
– अरस्तु

२१. काठमाडौं महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रुपमा राष्ट्रिय झण्डा फहराउनुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिने भएको छ ?
– वि.सं. २०७६ वैशाख १

२२.मोरिससमा अन्तिम पटक देखापरेको उड्न नसक्ने चरा कुन हो ?
– डोडो (हाल अस्तित्वमा नरहेको)

२३. विश्वकै पुरानो टेनिस कोर्ट कुन हो ?
– लण्डनस्थित ह्यम्टन टेनिसकोर्ट

२४. नेपाल र चीनबीच पारबहन सम्झौताको प्रोटोकल मनित्रपरिषदद्वारा कहिले पारित भयो ?
– वि.सं. २०७५ फागुन ३० गते

२५. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
– मार्च १५

२६. इथियोपियाको आदिस अवावबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलानसको बोइङ ७३७ विमान कहिले दुर्घटना भयो ?
– सन् २०१९ मार्च १० , १५७ जनाको मृत्यु

२६. संयुक्त राष्ट्रसङघको सुरक्षा परिषदको सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यमा चयन हुन सफल पाँच राष्ट्र कुन्–कुन् हुन् ?
– जर्मनी, बेल्जियम, डोमिनिकन रिपब्लिक, इन्डोनेसिया र दक्षिण अफ्रिका

२७. बेलायतको तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा पेस गरिएको युरोपियन यूनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धी दोस्रो प्रस्ताब पुनः कहिले अस्वीकार भएको हो ?
– सन् २०१९ मार्च १२


-गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस