सरकारसँगै समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारसँगै समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह


६ चैत्र २०७५, बुधबार


प्रजातन्त्र दिवश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

फागु पूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत रुपमा अघि बढेको उल्लेख गरेका छन् ।

‘देशलाई द्रूत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी छ ‘ प्रधानमन्त्री ओलीको सन्देसमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल,सुखी नेपाली’भएको सबैलाई स्मरण गराएका छन् । ‘नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरी एक पटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल,सुखी नेपालीको स्मरण गर्न चाहन्छु ‘प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

भाषिक,सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ’ फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सद्भाव र सुसम्बन्ध अझ मजवूत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । ‘

Tags :
प्रतिक्रिया दिनुहोस