विद्यावारिधि अध्ययनको गरिमा बढाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्यावारिधि अध्ययनको गरिमा बढाइने


प्रशासन संवाददाता

२६ फाल्गुन २०७५, आइतबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा.सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताइन्।

सङ्कायका डिन प्रा डा.शिवलाल भुषालले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीलाई अनुसन्धान विधि, अनुसन्धानको सैद्धान्तिक पक्ष लगायतका अनुसन्धानात्मक विषयमा जानकारी गराउने उद्देश्यले सो अभिमुखीकरण तय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस