वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी गर्ने भने पनि गते निश्चित गरिएको थिएन ।

‘करीब ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,’ नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने, ‘त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ‘

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्याङ्क सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ ।

नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहका माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजीक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस