राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण


२० फाल्गुन २०७५, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस