१ सय २० महिला हिंसाका घटना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१ सय २० महिला हिंसाका घटना


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


काठमाडौं । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ ।

ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो ।

महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट वञ्चितीकरण, नौ हत्या, छ यौन दुव्र्यवहार, छ हत्या र बलात्कारको प्रयास तथा अन्य आठ विभिन्न हिंसा भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ ।

हिंसा प्रभावितमध्ये १७ देखि २५ वर्ष उमेर समूहका महिलामाथि सबैभन्दा बढी हिंसा भएको आरेकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ३० प्रतिशत, १६ वर्ष मुनिका २२ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेरका नौ प्रतिशत र ४५ वर्षदेखि माथिका तीन प्रतिशत महिला हिंसामा परेको तथ्याङ्क छ ।

हिंसामा परेका महिलामध्ये सबैभन्दा बढी ३६ प्रतिशत श्रीमान्बाट, २५ प्रतिशत छिमेकीबाट, १६ प्रतिशत परिवारका सदस्यबाट, १२ प्रतिशत अपरिचित व्यक्ति, सात प्रतिशत साथीबाट र चार प्रतिशत शिक्षक र आफूले आत्मीय ठानेका साथीबाट हिंसामा परेको ओरेकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस