रहेनन् पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रहेनन् पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारी


प्रशासन विशेष ब्युरो

१८ फाल्गुन २०७५, शनिबार


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरत मोहन अधिकारीको निधन भएको छ ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिवार राति निधन भएको नेकपा नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी गराएका छन्। उनका अनुसार नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा भोलि बिहान ९ देखि १२ बजेसम्म राखिने भएको छ ।

करेन्ट निमोनियाका बिरामी ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीका अधिकारीका तीन छोरी छन्।

१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस