दोलखामा बाक्लो हिमपात, पर्यटकहरु हिउँ खेल्न व्यस्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखामा बाक्लो हिमपात, पर्यटकहरु हिउँ खेल्न व्यस्त


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


चरिकोट । दोलखाको अधिकांश उच्च भूभागहरुमा बाक्लो हिमपात भएसँगै डाँडाहरु सेताम्य भएका छन् ।

बुधबारदेखि शुरु भएको वर्षासँगै जिल्लाको पर्यटकीय क्षेत्र चरिकोट बजार, कालिञ्चोक, कुरी बजार, खरीढुङ्गा, जिरी बजार, शैलुङडाँडा, च्योर्दुङ लगायतका उच्च भागमा हिमपात भएको छ । हिमपातसँगै वर्षा भई चिसो बढेका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

हिउँमा रमाउने आन्तरिक पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन् ।

हिजो साँझदेखि बाक्लो हिमपात भएका कारण लामोसाँघु जिरी सडकअन्तर्गत खरिढुङ्गामा वाक्लो हिँउ परेपछि यातयात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिमपातकै कारण कालिञ्चोकको कुरीमा जाने यातयातसमेत अवरुद्ध भएको छ ।

खरिढुङ्गामा अवरुद्ध यातयात सञ्चालन गराउनका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधव काफ्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस