सबैको शव सुकेटार विमानस्थलमा, शवको मुचुल्का गरी काठमाडौं पठाउने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सबैको शव सुकेटार विमानस्थलमा, शवको मुचुल्का गरी काठमाडौं पठाउने तयारी


१६ फाल्गुन २०७५, बिहिबार


सुकेटार । नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपुर्‍याएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।

विमानस्थल क्षेत्रमा पुनः मौसम बिग्रेको छ । यसले गर्दा शव काठमाडौं पठाउन मौसममा सुधार नआउन्जेलसम्म पर्खनुपर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी आजै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस