प्रधानमन्त्रीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्दै


२ फाल्गुन २०७५, बिहिबार


कर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्दै छन् ।

सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरवारस्थित बैठक ग्यालरीबाट देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

गत वर्ष आजकै दिन अर्थात् फागुन ३ गते ओलीको नेतृत्वमा नयाँ सरकार बनेको थियो।

सम्बोधनमा ओलीले एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्य योजना र रणनीतिका बारेमासमेत प्रस्ट पार्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस