बाबुरामले दिए शुभकामना : दश बर्षे जनयुद्धको जगमा भएको प्रमुख भूमिका थियो भन्ने नभुलौं ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाबुरामले दिए शुभकामना : दश बर्षे जनयुद्धको जगमा भएको प्रमुख भूमिका थियो भन्ने नभुलौं !


१ फाल्गुन २०७५, बुधबार


कर्मचारी

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका छन् ।

उनले ट्वीटसँगै पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर पनि राखेका छन् ।

‘नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, उनको शुभकामनामा भनिएको छ, संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं !’

यस्तो छ ट्वीट :

Tags :
प्रतिक्रिया दिनुहोस