‘विप्लव’ निकट अनेरास्ववियुको शैक्षिक हड्ताले पठनपाठन प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘विप्लव’ निकट अनेरास्ववियुको शैक्षिक हड्ताले पठनपाठन प्रभावित


२४ माघ २०७५, बिहिबार


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अनेरास्ववियु(क्रान्तिकारी)को देशव्यापी शैक्षिक हड्तालले पठनपाठन प्रभावित बनेको छ।

शैक्षिक सत्रको अन्त्यतिर विद्यालय बन्द गरिँदा पढाइ तथा विद्यार्थीको भविष्यमै असर गर्ने बताइएको छ ।

केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज देशभरका शैक्षिक संस्था हड्तालको घोषणा गरेको छ ।

विश्वकर्माको रिहाइको माग गर्दै क्रान्तिकारीले माघ १८ देखि नै विरोध कार्यक्रम गर्दै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस